श्रद्धा कपुर नेपालकी बुहारी बन्दै



 

बलिउड नायिका श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छिन्। नेपाली मूलका बलिउड सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठस“ग करिब एक वर्षदेखि प्रेममा रहेकी श्रद्धाले अब आफू छिट्टै विवाह बन्धनमा बा“धिने जनाउ दिएकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार श्रद्धाले आफ्नो मातापिताले गरेको विवाहको प्रस्ताव स्वीकार गरेकी हुन्।

अभिनेता शक्ति कपुरकी छोरी श्रद्धा र रोहन पहिलोपटक करण जौहरको दीपावली पार्टीमा स“गै देखिएको बताइएको छ। त्यही बेलादेखि उनीहरूको रिलेसनसिपको चर्चा शुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस्