दुर्घटनामा ७०को मृत्यु



नैरोबी
अफ्रिका देश घानामा दुई बस एक आपसमा ठोक्किँदा ७० जनाको मृत्यु भएको छ । बस ठोक्किएपछि एक बसमा आगो लागेको र अर्को खोल्सामा खसेको थियो । आगो लागेको बसका सबै यात्रुको मृत्यु भएको बताइएको छ ।

उक्त घटना किटाम्पो नर्थ जिलामा भएको हो । एउटा बस कुमासीका दक्षिणी जिलातर्फ र अर्को बालगाटांगाको तर्फ गइरहेका थिए । यसबीच किटाम्पो टामेल हाइवेमा दुई बस ठोक्किएको थियो ।

कुमासी गइरहेको बसमा आगो लागेको र त्यसमा रहेका सबै यात्रुको मृत्यु भएको हो । स्थानिय प्रशासनको जाँचमा एक बसका चालक निँदाएको पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्