करिब डेढ करोड शेयर सूचीकृत



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पछिल्लोपटक तीन कम्पनीको १ करोड ३८ लाख ७७ हजार ७५ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।
नेप्सेमा एनएमबी बैंकको ८७ .लाख ४३ हजार ७८४ दशमलव २२ कित्ता बोनस शेयर, बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८३४ कित्ता बोनस शेयर र सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७ दशमलव ७३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन् ।

यसैबीच नेपाल धितोपत्र बोर्डमा विभिन्न कम्पनीले ३ अर्ब ७४ करोड १३ लाख ७६ हजार ३ सयको आइपीओ निष्कासन गर्न निवेदन दिएका छन् ।
आईपीओका लागि सान्जेन जलविद्युत् कम्पनीले बोर्डबाट निष्कासन अनुमति पाएको छ । कम्पनीलाई मंसिर २६ गते बोर्डले स्विकृति दिएको हो । कम्पनीलाई पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता शेयर निष्कासनको अनुमति दिएको हो।

साञ्जेनका ५४ लाख ७५ हजार कित्ता बराबरको ५४ करोड ७५ लाख बराबरको साधारण शेयर बजारमा आउने तयारी रहेको । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीकको १ करोड २६ लाख ३ हजार १५० कित्ता साधारण शेयर आउने छ ।

हिमाल दोलखा हाइड्रोपावरको ७८ लाख कित्ता शेयर पनि आउने भएको छ । जसमा १६ लाख कित्ता स्थानीयका लागि हुने छ भने ६२ हजार लाख कित्ता शेयर सर्वसाधारणका लागि हुनेछ । उता माउन्टेन हाइड्रोपावरका ३९ लाख ३६ हजार ५४ कित्ता, शुभम् पावरका ५ लाख ८० हजार ५८० कित्ता, मैलुङखोला जलविद्युत् कम्पनीको ७ लाख ३६ हजार २८६ कित्ता, रुरु जलविद्युत कम्पनीको ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर निष्कासनको तयारीमा रहेका छन् । गुरजङ उपत्याका हाइड्रो पावर २ लाख कित्ता, लाफिङ बुद्ध पावरका ९ लाख ७८ हजार कित्ता शेयर आउने भएको छ ।

यता नेपाल एग्रो लघुवित्त १ लाख ६१ हजार ७७८ कित्ता, गुरा“स लघुवित्त २ लाख ५० हजार कित्ता, स्वाभिमान लघुवित्त १ लाख ९८ हजार ६१० कित्ता, जनसेवी लघुवित्त ४ लाख ६३ हजार ३०० कित्ता र इन्फिनिटी लघुवित्त ६ लाख ७४ हजार र सीबीआईएल क्यापिटलको ३ लाख कित्ता आईपीओ आउने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्