शैक्षिक गुणस्तर खस्किनु हुँदैन



यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज आइतवारदेखि सञ्चालन हुँदैछ । विद्यालयतहको महत्वर्पूण खुट्कुलो मानिने यो परीक्षामा यसपटक ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुँदैछन् । ग्रेडिङ प्रणालीमा रुपान्तरण भएको एसईई यसपटकदेखि संघिय ढाँचा अनुसार सञ्चालन हुँदैछ । पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पुर्ण काम प्रदेश सरकारले गर्दैछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्ष अन्र्तगतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तरगत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन । परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ का विद्यार्थी सहभागी हुने भएका छन । प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ सहभागी हुँदैछन् ।

सबैभन्दा कम परीक्षार्थी भने प्रदेश ६ का छन् । सो प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थीले परीक्षामा सहभागी हुदैछन । प्रदेश १ बाट ८३ हजार ८ सय १८, प्रदेश नम्वर २ बाट ७० हजार ५ सय १८, प्रदेश नम्वर ४ बाट ४८ हजार ६३, प्रदेश नम्वर ५ बाट ७६ हजार ९ सय ८३ र प्रदेश नम्वर ७ बाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् । त्यसैगरी काठमाडौंबाट ३७ हजार ५ सय २८, ललितपुरबाट ९ हजार ९ सय ३४ र भक्तपुरबाट ५ हजार ७ सय ८२ विद्यार्थी सहभागी हुने बताइएको छ ।

परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र कायम गरिएको छ भने त्यतिकै संख्यामा केन्द्रध्यक्ष सहभागी हुनेछन । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्त भएका छन् । परीक्षामा प्रदेश अनुसार नै प्रश्नपत्र छपाई गरीएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वर्ष चार किसिमको प्रश्न सोधिएको थियो । यो वर्ष प्रदेश अनुसार प्रश्नपत्र छपाई गरीएको छ भने ६ वटा विषयका फरक–फरक बनाइएको छ ।

प्राविधिक र संस्कृत तर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र रहने छन् । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । परीक्षाको सम्पुर्ण काम प्रदेश सरकारले गर्ने भएपनि प्रदेशले परीक्षाफल प्रकाशित गर्न नसक्ने भएपछि त्यसको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डले लिएको छ ।

विगतमा फलामे ढोका भनिने गरिएको माध्यमिक शिक्षा परीक्षा ग्रेडिङ प्रणालीमा रुपान्तरण भएपछि केही सरल भएको चर्चा हुँदै आएको छ । प्रयोगात्मक विषय थपिएपछि उत्तिणदर बढेको तर सरल प्रणालीले शैक्षिक गुणस्तर खस्किन थालेको चर्चा पनि हुँदै आएको छ । हो, शिक्षा र परीक्षा प्रणालीलाई समय सापेक्ष बनाइनुपर्छ तर गुणस्तर खस्किने वातावरण भने बनाइनु हुँदैन । शैक्षिक क्षेत्रमा देखिने विकृति र गल्ती, कमजोरी बेलैमा सच्याइनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्