सात महिनामा सरकारको खर्च साढे ४१५ अर्ब



नेपाल समाचारपत्र
काठमाडौं
घीय सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च ४१५ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल सरकारी खर्च ४२८ अर्ब ८८ करोड रुपियाँ रहेको थियो।

यस अवधिमा संघीय सरकारले संकलन गरेको राजस्व (प्रदेश तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) २२ दशमलव १ प्रतिशतले वृद्धि भई ४६५ अर्ब ७४ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व १९ दशमलव ५ प्रतिशतले वृद्धि भई ३८१ अर्ब ३४ करोड पुगेको थियो। सरकारको नगद मौज्दात २०७५ माघ मसान्तमा बैंकमा रहेका सरकारका विभिन्न खातामा १७९ अर्ब ७५ करोड (स्थानीय तहको खातामा रहेको ५० अर्ब ५२ करोडसमेत) नगद मौज्दात रहेको छ।

आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा विस्तृत मुद्राप्रदाय ७ दशमलव ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७ दशमलव ७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १९ दशमलव २ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा÷नोक्सान समायोजित) ४९ अर्ब ३२ करोड (४ दशमलव ७ प्रतिशत) ले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति१८ अर्ब २८ करोड (१.८ प्रतिशत) ले घटेको थियो। समीक्षा अवधिमा सञ्चित मुद्रा १३ दशमलव ४ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५ दशमलव २ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा सञ्चित मुद्रा १ दशमलव ३ प्रतिशतले घटेको छ। यसैबीच नेपाल राष्ट्र बैंकका अनुसार हाल ४ खर्ब ७५ अर्ब रुपियाँ बजारमा रहेको छ। उक्त रकम राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा फर्किएको छैन। गत असार अन्तिम साता ४ खर्ब ९५ करोड रुपियाँ चलनचल्तीमा थियो। राष्ट्र बैंकबाट बाहिरिएका नोटहरूमध्ये केही बाढी, पहिरो, आगलागी जस्ता कारणले नष्ट भएको हुन सक्छ। तर, राष्ट्र बैंकको गणनामा ती नोट पनि चलनचल्तीमा रहेको मानिन्छ।

अहिले १ रुपियाँदखि १ हजार दरका नोटहरू चलनचल्ती रहेका छन्। तीमध्ये १, २, २५ र २ सय ५० दरका नोट राष्ट्र बैंकले छाप्न छोडेको धेरै भएको छ। तर, पनि केही रकम फिर्ता नआएकोले त्यो पैसा पनि बजारमा छ। चलनचल्तीमा रहेकामध्ये सबैभन्दा बढी नोट ५ रुपियाँका छन्। यस्तै दोस्रोमा १० रुपियाँको छ।

आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा विस्तृत मुद्राप्रदाय ७ दशमलव ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७ दशमलव ७ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्