पाँचौ महिला साफ च्याम्पियनसीपमा भारतसँग नेपाल पराजित



नेपाल समाचारपत्र, विराटनगर ।

विराटनगरमा जारी पाँचौ महिला साफ फुटबल च्याम्पियनिसपको फाइनलमा भारतसँग नेपाल पराजित भएको छ ।

खेलको पहिलो हाफमा १–१ को बराबरीमा समेटिएको खेल द्रोस्रो हाफमा पनि थप रोमाञ्चक भएको थियो । सुरुदेखिनै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर भने खेर फाल्यो। तर भारतले भने दोस्रो हाल्फमा थप दुई गोल गर्दै उपाधी विजेता बनेको हो ।

नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल पाँच संस्करणमध्ये चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेल्दै छ ।
यसअघि लगातार चार पटक भारतले नै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्