मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले सबै शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना बिक्री गर्नेछ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले काठमाडौं, पोखरा, वीरगन्ज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ । चैत महिनाभित्र काठमाडांै उपत्यकाका १० स्थानबाट कारोबार सञ्चालनको तयारी गरिरहेको छ ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट कावा प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ र महालक्ष्मी लाइफ इन्स्योरेन्स को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्