‘विगतको लगानी सम्मेलनमा प्रतिबद्धता भएअनुसार लगानी आएन समीक्षा हुनुपर्छ’



नेपाल समाचारपत्र, काठमाडौं
पूर्वअर्थमन्त्री डा.रामशरण महतले लगानी सम्मेलन गर्न आवश्यक रहे पनि यसको लागि चाहिने तयारी र छलफल भने नभएको बताउनुभएको छ । उहा“ले विदेशी लगानी भित्र्याउनुपर्छ भन्ने पुरानै निर्णय भएको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यसको शुरुवात गर्नुभएको दाबी गर्नुभयो ।

‘उहा“ले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उदार आर्थिक नीति ल्याउनुभयो।’ डा. महतको भनँइ छ । विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकता पूरा गर्नुपर्ने उहा“को सुझाव छ ।‘अहिले केही नया“ कानुन पारित भएका छन् । तर, विदेशी लगानीको लागि नेगेटिभ लिस्ट पहिलेभन्दा लामो बनाइएकोे छ।’ बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उहा“ले भन्नुभयो–‘औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी छ । उद्योगधन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ। लगानीको लागि ऐन, कानुन बनाएरमात्रै हु“दैन सबै कुरा व्यवहारिक रुपमा लागू गर्नुपर्छ । मिठा र राम्रा कुरा गरेर मात्रै हुँदैन् ।’

अहिले केही नया“ कानुन पारित भएका छन् । तर, विदेशी लगानीको लागि नेगेटिभ लिस्ट पहिलेभन्दा लामो बनाइएकोे छ।

विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडक, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने उल्लेख गर्दै उहा“ले भन्नुभयो–‘हाम्रो सरकार अदक्ष छ, कुनै पनि कुरामा दक्षता देखाएन् ।’

लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दि“दै पूर्वअर्थमन्त्री महतले भन्नुभयो–‘प्रशासनिक व्यवस्थापन गतिलो बनाउनुपर्छ, अहिले पनि धेरै झन्झटिलो छ । पाइला–पाइलामा भ्रष्टाचार व्याप्त छ ।सरकारले पहिला सुशासन कायम गर्नुपर्छ, अहिले पनि सरकारले दिने सुविधा लिनै मुश्किल छ। कानुन बनाएरमात्रै हु“दैन, कार्यान्वयनमा जानुपर्छ ।’

तीन वर्ष पहिले भएको लगानी सम्मेलनको स्मरण गराउ“दै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो ।
विगतमा भएको प्रतिबद्धता के, कति कारणले आएन, यसबारेमा समिक्षा गर्नुपर्छ । १४ खर्बको प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म त्यो प्रतिबद्धताअनुसार आएकोे छैन ।’

 

 

प्रतिक्रिया दिनुहोस्