ट्याक्टरबाट खसेर महिलाको मृत्यु 



बैतडी, फागु पूर्णिमा मनाएर फर्किने क्रममा ट्याक्टरबाट खसेर बुधबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–३ का ४५ वर्षीया सीतादेवी ऐरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

महाकाली राजमार्गअन्तर्गत धरमघर होली खेलेर घर फर्किने क्रममा सुर्नया गाउँपालिका–३ धरमघर नजिकै ठूलाखोला भन्ने स्थानमा ट्याक्टरबाट खसेर उहाँकोे मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ६ बजेतिर से१त ७६४९ नंको ट्याक्टरको ट्रालीबाट ऐरीले हामफाल्दा गम्भीर घाइते भएकी ऐरीलाई जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । चालक दीपक डगौंरा र ट्याक्टर प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्