मायावतीको चुनाव नलड्ने घोषणा



नयाँदिल्ली,(एजेन्सी)
भारतका अत्यन्तै चर्चित राजनीतिज्ञहरु मध्ये एक मायावतीले आगामी आम निवार्चनमा नलड्ने घोषणा गरेर राष्ट्रलाई नै स्तब्ध पारेकी छिन् । उनले चेनवा लड्नु सटा आफन् ध्यान त्तिारढ भारतिय जनता पार्टीको प्रभावलाई चुनौति दिन गठबन्धन तयार गर्ने काममा केन्दि«त गर्ने बताएकीछिन् ।

चार पटक उत्तर प्रदेशका मुख्य मन्त्री बनिसकेकी मायावती भारतको तल्लो जातका दलित समुदाय माझ आदर्श पात्रको रुपमा चिनिएकीछिन् । भारतको संसदमा सबैभन्दा बढि विधायक उत्रर प्रदेशबाट जाने गर्दछन् ।
आगामी ११ अप्रिल देखि तीन चरणमा चल्ने सो चुनावको नतिजा २३ मेमा निसकने छ । यदि कुनै पनि ठूलो पार्टीले स्पष्ट बहुमत ल्याउन नसकेको खण्डमा मायावतीको बहुजन समाज पार्टी ( बिएििप ) जस्ता क्षेत्रिय पार्टीहरु किंगमेकर हुने अनुमान गरिएको छ ।

बुधवार ओयोजित पत्रकार सम्मेलनमा मायावतीले संसदको तल्लो सभाको सिटका लागि उम्मेदवारी नदिने बताएकीछिन् । साथै उनले आफुले चाहेको जुनसुकैबेला लोक सभाको चुनाव जित्न सक्ने पनि बताएकी छिन् । उनले भनेकीछिन् , ‘ वर्तमान राजनीतिक परिस्थितीलाई विचार गरेर मैले लोकसभाको चुनाव नलड्ने निर्णय गरेकी हुँ ।

म कुनै पनि हालतमा गठबन्धनलाई समस्या दिन सक्तिन । मेरो विजय भन्दा धेरै सिट जित्नु बढि महत्वपुर्ण छ । चुनावको सम्मुख मायावतीको बिएसपिले क्षेत्रिय प्रतिद्वन्द्वी पार्टी समाजवादी पार्टी ( एसपि ) संग गठबन्धन बनाएको हो । तिनीहरु सत्तारुढ बिजेपि विरुद्ध एकजुट भई उभिएका हुन् ।

मायावतीको जीवनी लेखेका पत्रकार अजय बोसले उनको यो कदम असवाभाविक देखिएको बताएका छन् । बोसले उनले आफ्नो छवि पुननिर्माण गर्ने प्रयास गरिरहकेको विविसिलाई बताएका छन् । मायावती भारतको राजनीतिक इतिहासमै सबैभन्दा कम उमेरमा मुख्यमन्त्री बन्ने व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्