प्रियकाद्वारा चुनाव प्रचारका क्रममा विश्वनाथ मन्दिरमा पुजा



लखनउ (एजेन्सी)
प्रियंका गान्धी बुधबार प्रयागराजको मैनया घाटकाट वाराणसीको अस्सी घाटसम्म डुंगा यात्रा गर्दै विश्वनाथ मन्दिरको पुजा गरेकी छिन् । अस्सी घाट पुगेपछि समर्थकहरुलाई गरेको सम्बोधनमा प्रियंकाले केन्द्र सरकारको आलोचना गरिन् ।

यसबीच समर्थकहरुलाई ‘जय हिन्द‘ नारा उदघोष गर्न लगाएकी थिइन् । त्यसपछि उनी काशी विश्वनाथ मन्दिर तर्फ अगाडी बढिन् र त्यहाँ उनले रुद्राभिषेक पनि गरिन् । सन् २०१४ मा चुनावमा जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले रुद्राभिषेक गरेका थिए ।

उत्तर प्रदेशमा कांग्रेसको प्रभाव जमाउन चुनावी अभियानमा निस्केकी कांग्रेसकी महासचिव प्रियंका गान्धी तेस्रो र अन्तिम दिन वाराणसीमा पुर्व प्रधानमन्त्री लाल बहारदुर शास्त्रीको पैतृक आवासमा पुगेकी थिइन् । उनी शास्त्रीको घर पुग्ने गान्धी परिवारका पहिलो सदस्य हुन् ।

वाराणसीमा एक जनसभालाई गरेको सम्बोधनमा प्रियकाले देशलाई नकारात्मक, किसान विरोधी, जनविरोधी, मजदुर र महिला विरोधी सरकार नचाहेको आवाज उठाउन आह्वान गरिन् । राजनितिको वास्तविक उद्देस्य सेवा भएको उनले बताइन् । अस्सीघाटपछि प्रियंकाले दशाश्वमेध घातमा आरती पनि गरेकी थिइन् ।

मन्दिर प्रवेशमा रोक लगाउन माग
भारतमा चुनावी माहोलको गर्मी चर्किँदै गइरहेको बेला प्रमुख विपक्षी पार्टी कांग्रेसका महासचिव प्रियंका गान्धीले वाराणसीको विश्वनाथ मन्दिरको पुजा गर्ने यस कार्यक्रमलाई लिएर विवाद खडा गरिएको थियो । केहीले प्रियंका इसाइ भएकोले उनलाई मन्दिरमा प्रवेश गर्न दिन नहुने बताएका थिए ।

वाराणसीका केही सन्तले पनि प्रियंका मन्दिर जाने कुराको विरोध गरेका थिए । यस मामिलामा उनीहरुले प्रशासनलाई चिठ्ठी लेखेर आपत्ती जनाएका थिए । अधिवक्ता कमलेश चन्द्र त्रिपाठीले वाराणसीका जिलाधिकारीका माध्यमबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई यस विषयमा चिठ्ठी पठाएका थिए ।

उक्त चिठ्ठीमा प्रियंकालाई काशी विश्वनाथ मन्दिर जानबाट रोक्न अपिल गरिएको थियो । जिलाधिकारी उक्त याचिकाका आधारमा मन्दिर प्रशासनलाई आवश्यक कारवाहीको निर्देशन दिएका थिए ।

गंगा महासभाका राष्ट्रिय महामन्त्री जितेन्द्रानन्दले पनि प्रियंका मन्दिर जाने कार्यक्रमको विरोध गरेका थिए । उनले भने– यदि प्रियंका गान्धीलाई साँच्ची नै हिन्दु धर्मका आस्था छ भने उनी आफु हिन्दु भएको सपथपत्रमा लेखेर दिनु पर्नेछ ।

पुर्वी उत्तर प्रदेशका पार्टी प्रमुख प्रियंका गान्धी आफनो चुनावी अभियानको सुरुवाट गान्धी परिवारको पैतृक सहर प्रयागराज अर्थात इलाहबादबाट गर्नेछिन् । मार्च १८ देखि मार्च २९ सम्म उनी प्रयागराजबाट वाराणसीका बीचमा गंगा नदिमा जलमार्गबाट यात्रा गर्नेछिन् । यसबीच उनले जनसम्पर्क र कयौं अन्य कार्यक्रम राखेकी छिन् । उनको तय कार्यक्रममा काशी विश्वनाथ मन्दिरमा पुजा पनि समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्