सिद्धार्थ बैंकको २ शाखा थपिए



 

काठमाडौं, (नेस)
सिद्घार्थ बैंकले इचंगुनारायण र धनेश्वरमा दुई शाख स्थापना गरेको छ । बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुन नगरपालिकाका उपमेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोलबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १२सयभन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ ।

यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाइड बाई भिसा सेवा प्रविधिको अवलम्वन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्