घोड़ा दौडमा विश्व पहिलो 



पोखरा, (नेस)
पर्यटक क्षेत्र घान्द्रुकमा भएको ५२ सय मीटर दूरीको घोड़ा दौड़ प्रतियोगितमा बिश्व गुरुंगले पहिलो स्थान हासिल गरेका छन् ।

बुधबार निर्धारित दुरी १३ मिनेट १० मिनेट ९१ सेकेण्ड समय लिँदै विश्व शीर्ष स्थानमा रहेका हुन् । दीपेन्द्र बाईले १३ मिनेट ११.४५ सेकेण्डसहित दोस्रो स्थान हासिल गर्दा रामकाजी गुरुङ तेस्रो स्थानमा रहे ।

शीर्ष तीनले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा म्याग्दी र पोखराका गरी २३ जना घोडचडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्