राजधानीमा जबरजस्ती रङ दल्ने ८४ जना पक्राउ



काठमाडौं ।
उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित गतिविधिमा संलग्न ८४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले ५ सय १५ मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्