सुटकेभित्र जिवित मानव भ्रुण



मुम्वई,(एजेन्सी)
मुम्वई विमानस्थलका एउटा सुटकेस भित्र जिवित मानव भ्रुण फेला परेपछि भारतियस अधिकारीहरुले यस सम्बन्धमा संभावित तश्कर संजाल हुनुपर्ने अनुमान गर्दै अनुसनधान शुरु गरेका छन् ।

१६ मार्चमा एकजना मलेसियाली नागरिकको लगेजमा सो भ्रुण भेटाइएको थियो । नाम नखुलाइएका ति व्यक्तिले आफुले भारतमा भ्रुण तश्करी यो पहिलो पटक नभएको स्विकारेको प्रहरीले जनाएको छ ।

यस अनुसनधान सिलसिलामा प्रहरीले मुम्वइकै एउटा चर्चित आइभिएफ क्लिनिक माथि निगरानी राखेका छन् । तर सो क्लिनिकले यस्तो कुनै पनि अवैध कार्यमा आफ्नो संलग्नता नभएको स्पष्ट पारिसकेको छ । यस घटनाको अनुसन्धान गरिरहेका राजश्व गुप्तचर निर्देशनालय ( डिआरआइ ) का प्रतिनिधि रेवेक्का गोन्साल्भेसले सोमवार मुम्वइ उच्च अदालतमा बताएकी छिन् ।

टाइम्स अफ इन्डियाका अनुसार ति व्यक्तिको दावी पुष्टि गर्ने खालका थुप्रै टेक्स्ट मेसेज फेला परेका छन् । तर सो क्लिनिक संचालन गर्दै आएकी भ्रुण विशेषज्ञ डाक्टर गोरल गान्धीले सो आरोप असत्य भएको बताएकीछिन् ।

गान्धीका वकिल सुजोय कान्तावालाले उनी भ्रुण आयत व्यापारमा संलग्न नरहेको बताएका छन् । अदालतले गान्धीलाई सोधपुछका लागि शुक्रवार अदालत आउन आदेश दिएको छ । इन्डियन एक्स्प्रेसका अनुसार प्रतिस्पर्धीहरुले गानधीलाई षेडयन्त्रमा फसाउन खोजेको वकिलले बताएक छन् । भ्रुणहरुलाई चिस्याएर थुपै्र वर्ष सुरक्षित राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्