होलीमा राष्ट्रपतिको शुभकामना सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकतामा सघाउ पुगोस्



/fi6«klt ljBfb]jL e08f/L ;+ljwfg lbj; Pjd /fli6«o lbj;sf] pknIodf /fi6«klt sfof{nodf d+unaf/ ;fFem cfof]lht ;f+:s[lts sfo{qmd kl5 ;Daf]wg ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपालीहरुमा होलीको शुभकामना दिएका छन् । छुट्टाछुट्टै सन्देश जारी गर्दै उनीहरुले आपसी सद्भाव र राष्ट्रिय एकतालाई होलीले अझै बलियो बनाओस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक सदभाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् । फागु पूर्णिमा ९होली०का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरिन।

सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने जनाइएको छ। होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरूको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत शुभकामना सन्देशमा छ।

प्रतिक्रिया दिनुहोस्