मोजाम्बिकमा शक्तिशाली आँधी अडाईले १ हजारको ज्यान लिएको आशंका



मापुटो (एजेन्सी)
मोजाम्बिकमा आएको भयंकर ठुलो सामुद्रिक आँधी अडाईका कारण कम्तिमा १ हजारको मृत्यु भएको आशंका गरिएको छ । मोजाम्बिकका राष्टपति फिलिप न्युसीेले उक्त जानकारी दिएका हुन् ।

सोमबार उनले हवाई निरिक्षणमा कयौं शव पानीमा तैरिरहेको देखेका थिए । अडाई सामुद्रिक आँधी तटिय सहर बेइरामा गत विहिबार नै पुगेको थियो तर उद्धार टोली त्यहाँ आइतबार मात्र पुगेका थिए । उक्त आँधीमा हावाको बेग १ सय ७७ किलोमिटर प्रति घण्टा थियो ।

संयुक्त राष्ट्रका उद्धार टोलीको एक सदस्यले ५० लाख आवादी भएको बेइरामा प्रत्यक घर क्षतिग्रष्त भएको बताएका छन् । संयुक्त राष्टको विश्व खाद्य कार्यक्रममा आबद्ध गेराल्ड बार्केले भने – कुनै पनि भवन बचेको छैन । सन्चार माध्यम ध्वस्त भएको छ । सडकमा विजुलीका खम्बा ढलेका छन् ।
घरका छत तथा पर्खालहरु भत्का छन र कयौं नागरिक बेघर भएका छन् । आईएफआरसी टोलीका सदस्य जेमीले उद्धारटोलीले राती रुखको सहारामा नागरिकलाई मद्दत गरिरहेको जानकारी दिए ।

आधिकारीक रुपमा मोजाम्बिकमा ८४ जनाको ज्यान गएको बताइएको छ भने दक्षिण अफ्रिकामा १ सय ८० जनाको मृत्यु भएको जनाइएको छ ।

उक्त आँधीका कारण जिम्बावेमा कम्तिमा ९८ जनाको मृत्यु भएको र अन्य २ सय १७ जना बेपत्ता भएको सरकारले जनाएको छ । मलावी पनि उक्त आँधीकाट नराम्रोसँग प्रभावित भएको छ । आँधीपछि आएको भिषण बर्षा र भुस्खलनका कारण १ सय ११ जनाको मृत्यु भएको बताइएको छ ।

यसैबीच बेलायत सरकारले मोजाम्बिक र मलावीलाई ८० लाख डलर मानविय सहायता दिन घोषणा गरेको छ ।

अधिकारीहरुका अनुसार ज्यान गुमाउनेहरु मध्य अधिकांश बेइरा आसपासका हुन् । यो देशको चौथो सबैभन्दा ठुलो सहर हो । राजधानी मापुटोमा अधिकारीहरुले १ हजार ५ सय जना ढलेको रुख, भवनमा पुगेको क्षति र टिनका छानाले घाइते भएको बताए ।

बाकी देशसँग बइरालाई जाड्ने सडक क्षतिग्रस्त भइसकेको तर हवाई मार्ग बहाल गरिएको जनाइएको छ ।

जिम्बावेमा संकतकाल घोषणा
जिम्बावे सरकारले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेको छ । राष्ट्रपति इमर्सन मंगाग्वा युएईको यात्रा छोट्याएर बीच मै फर्केका छन् । सुचना मन्त्रालयले सेन्ट चाल्र्स ल्वांगा स्कुलका छात्रछात्राको तस्वीर जारी गरेको छ । जसमा उनीहरुलाई सहायता पुर्याउने प्रयास भइरहेको थियो ।

जिला अस्पतालमा भर्ना भएका बच्न सफल बच्चाहरु सोकमा छन् । उनीहरुले बाढीमा कसरी उनीहरुका घर ध्वस्त भएको र चिनेकाहरुलाई बगाएर लगेको घटना बताइरहेका थिए । अधिकारीहरुका प्रभावित इलाकामा १५ हजार घर क्षतिग्रष्त तथा ध्वस्त भएको र ६ सय परिवार घरबार विहिन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्