जसिताको तारिफमा प्रदीपको गीत



नयाँ वर्षको पूर्वसन्ध्या पारेर आगामी चैत २२ गते अल नेपाल रिलिज गरिन लागेको फिल्म लभ स्टेसनको नयाँ गीत मेरो आँगनीमा आज जँन उदायोको भिडियो सोमबार सार्वजनिक गरिएको छ।

फिल्म लिली बिलीको लोकप्रिय जोडी नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित लभ स्टेसनको यो गीतमा यिनै जोडीको सम्बन्धलाई देखाइएको छ भने बुढासुब्बा मुभिज युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो।

फिल्ममा यो गीतमार्फत प्रदीपलाई गायकका रूपमा स्थापित गराइएको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए। नायक खड्काका अनुसार उनी यो फिल्ममा एउटा लोक ब्यान्डका भोकलिस्ट हुन्छन्। ‘लभ स्टेसन क्याफेमा म आफ्नो ब्यान्डसहित गायनको तयारीमा हुन्छु। सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रशंसामा यो गीत गाउँछुु’, प्रदीपले खुलाए– ‘फिल्ममा म कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भँमिकामा छु।’ संगीतकार शम्भुजित बासकोटाको संगीत रहेको गीतमा सुरेश लामाले स्वर दिएका छन्। गीत निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन्।

फिल्ममा प्रदीप र जसिताका साथ रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काप्mले, कालु रानालगायतले अभिनय गरेका छन्। काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेको फिल्ममा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत, शिशिर खातीको कोरियोग्राफी, आलोक शुक्लाको छायांकन अर्जुन जिसी र लोकेश वज्राचार्यको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्