फूलमानको नीरफूल भदौमा



पत्रकार फँलमान वलद्वारा निर्देशित फिल्म नीरफँल आगामी भदौ २७ गते अल नेपाल रिलिज हुने भएको छ।

भँकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्म गणेश हिमालमुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ। दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, रेखा थापा, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले प्रमुख भँमिकामा अभिनय गरेको फिल्म एक वर्षअघि नै छायांकन सकिएको भए पनि एनिमेसन र भीएफएक्सका कारण पोस्ट प्रोडक्सन लम्बिएको निर्देशक वलले जानकारी गराएका छन्।

दयाहाङको जोडीका रूपमा देखिन लागेकी शान्ति वाइबा सेलो थिएटरकी संस्थापक हुन्। फिल्ममा अभिनेतृ रेखा विशेष भँमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो। मेलिना राईको तिमीले बाटो फे¥यौ अरे गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङकी छोरीका रूपमा फिल्ममा छिन्।

फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका छन् भने सचिन एसोसिएट निर्देशकका रूपमा पनि छन्। निर्देशक वलले फिल्ममा २०७२ को महाभँकम्पको पृष्ठभँमिमा राज्य प्रणालीको भ्रष्टता पनि औंल्याउन खोजिएको बताए। ‘यो फिल्ममा धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत कथा भन्ने कोसिस गरेको छु’, वलले भने– ‘यो ठाउँको भुगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म केही कुरा बाहिर आएको छैन। यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउनेछ।’

फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको उनले जनाए। फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन्।

निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर तथा नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत छन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्