बर्ड फ्लु संक्रमित क्षेत्रका ४१ हजार कुखुरा नष्ट



हेटौंडा, (नेस ।
हेटौंडा उपहानगरपालिकाको वडा नम्बर ७ मा बर्डफ्लु भेटिएको कुखुराको खोर वरिपरि पालिएका हजारौं कुखुरा नष्ट गरिएको छ । सोमबारसम्म उक्त क्षेत्रका ४१ हजार एक सय २५ कुखुरा नष्ट गरिएका हुन् ।

तीन दिन अवधिमा उक्त संख्यामा कुखुरा नष्ट गरिएका हुन् । २५ वटा कुखुरा फर्मको कुखुरा र अण्डा नष्ट गरिएको हो । काठमाडौंबाट आएको पशु चिकित्सक, प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडा प्राविधिहरुले कुखुरा खाल्डोमा पुरेर नष्ट गरेका हुन् । बर्डफ्लु देखा परेपछि बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकको निर्णयअनुसार शनिबार विहानबाट कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ६ हजार आठ सय ९० वटा अण्डा, दुई सय ७८ केजी दाना पनि नष्ट गरिएको छ । कुखुरा नष्ट गर्नुका साथै नमँना परीक्षणका लागि काठमाडौंस्थित परीक्षण केन्द्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । नमँनाको रिपोर्ट आएपछि बर्डफ्लु देखिए त्यसवरिपरिको समेत कुखुरा नष्ट गरिने उहाँले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाका प्रमुख चिकित्सक डा. चेतनारायण खरेलका अनुसार कुखुरा नष्ट गर्न डाक्टरसहित एक दर्जन प्राविधिक कर्मचारी खटिएका छन् । मकवानपुरमा २०६९ साउन ३१ गते कुखुरामा बर्डफ्लुका जीवाणु फेला पर्दा ११ हजार कुखुरा मारिएको थियो । किसानले प्रतिकुखुरा दुई सय ८० रुपियाँ क्षतिपँर्ति पाएका थिए ।

नागस्वतीका व्यावसायिक लेयर्स फर्मलाई केन्द्र मानी पँर्वतर्फ वडा नम्बर–६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पँर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्रका कुखुरा नष्ट गर्न थालिएको थियो ।

हेटौंडा–७ मा रहेका ४८ वटा फर्ममध्ये २८ वटा फर्ममा मात्र कुखुरा बाँकी रहेको र ती फर्मको कुखुरा नष्ट गरिएको प्रजिअ तामाङले बताउनुभयो । सीमाक्षेत्र बाहिरका कुखुरा फर्ममा पशु चिकित्सक टोली परिचालन गरी रोग नियन्त्रणका लागि नमँना संकलन गर्ने र रोग प्रमाणित भए कुखुरा नष्ट गरिने छ ।

रोेगको संक्रमण फैलन सक्ने भन्दै प्रशासनले बिहीबारबाट पन्छीजन्य उत्पादन ओसारपसारमा रोक लगाएको थियो । शुक्रबारको बैठकपछि प्रशासनले सिल गरेका क्षेत्रबाहेक अन्यत्रका उत्पादन बिक्री वितरण खुला गरेको छ ।

हेटौंडा ७, नागस्वतीका कुलप्रसाद चौलागाईंको व्यावसायिक लेयर्स फर्ममा तीन साताअघि मरेको लेयर्स कुखुराको नमँना परीक्षणबाट बर्डफ्लु फेला परेपछि रोग नियन्त्रण गर्न प्रशासनले चार किल्ला तोकेर कुखुरा, अण्डा र सुली अन्यत्र निकासीमा रोक लगाएको थियो ।

मकवानपुर कुखुरा व्यवसायी संघका अनुसार उक्त क्षेत्रमा ५० जना किसानले सात करोडको लागतमा करिब एक लाख कुखुरापालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्