आक्रमणकारीद्वारा रेलमा विस्फोट



कराची (एजेन्सी)
पाकिस्तानको बलुचिस्तान प्रानतमा आइतबार एक यात्रुबाहक रेललाई निसाना बनाई गराएको विस्फोटमा ३ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका छन् ।

आक्रमणकारीहरुले बलुचिस्तानको डेरा मुराद जमाली क्षेत्र स्थित जफर एक्सप्रेसलाई लक्षित गरी रेलेको लिकमा विस्फोटक पदार्थ राखेको डन न्युजले जनाएको छ । उक्त रेल रावलपिन्डीबाट क्वेटा गइरहेको थियो । डेरा मुराद जमाली क्षेत्रमा पुग्दा भयानक विस्फोट भएको र तीनजनाको घटनास्लमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्