‘विमानस्थलको बक्यौता चच्काल उठाऊ’



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल नागरिक उड्डयन प्राधिकरणले उठाउन बँँकी रहेको बक्यौता रकमको विषयमा संघीय संसद्को सावर्जनिक लेखा समितिले चासो व्यक्त गरेको छ ।

आइतबार सिंहदरबारमा सरोकारवाला निकाय र समितिबीच भएको छलफलमा प्राधिकरणले विमान सञ्चालक कम्पनी र त्रिभँवन विमानस्थलका पसलबाट पुस मसान्तसम्म असुल गर्न बँँकी रहेको करिब २ अर्ब ५० करोड रुपियाँ रहेको जनाएको छ । विमानस्थल कार्यालयले दशकौंदेखि विगतमा सञ्चालनमा रहेका विमान कम्पनी र पसलबाट भाडावापतको अर्बौ रुपियाँ बँँकी रहेको जनाएको हो ।

समितिका सदस्यहरूले विमानस्थलभित्रका पसल, व्यवसायी र कर्मचारीको मिलेमतोमा सञ्चालन हुँदै आएकोमा ध्यानकर्षण गराएको थियो । सांसद राजन केसीले विमानस्थल प्रशासन बक्यौता उठाउनतर्फ गम्भीर नभएको बताउनु भएको थियो । अर्का सांसद प्रेम आलेले विमानस्थललाई सेवा शुल्क भुक्तानी नगर्ने पसल हटाउन माग गर्नु भयो । समितिका सभापति भरतकुमार शाहले तत्काल बक्यौता रकम उठाउन विभागीय मन्त्रालय, प्राधिकरण र विमानस्थल कार्यालयलाई निर्देशनसमेत दिनु भएको छ ।

हाल सञ्चालनमै नरहेका ५ दर्जन कम्पनीसँग समेत बक्यौता रकम उठाउन बँँकी रहेको छ । नेकोन, कस्मिक, एयर काष्ठमन्डपलगायत एयरलाइन्स कम्पनीको समेत करोडांै रुपियाँरकम बँँकी छ । ती कम्पनी हाल सम्पर्क बाहिर रहेका छन् ।
नेकोन एयरको ४ करोड ६३ लाख, कस्मिक एयरको ३ करोड ३३ लाख, उडान बन्द गरेको गल्फ एयरले २ करोड २२ लाख, पाकिस्तान एयरलाइन्सको २ करोड ६८ लाख, एयर एसियाको १४ करोड ८० लाख, हिमालय एयरलाइन्सको ११ करोड ४८ लाख र नेपाल वायुसेवा निगमले २७ करोड रुपियाँ भुक्तानी गर्न बँँकी रहेको छ ।

छलफलमा प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल र तथा विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बक्यौता उठाउन प्राधिकरणले ताकेता गरिरहेको बताउनु भएको थियो । उपमहानिर्देशक पोखरेलले अदालतको अन्तरिम आदेशका कारण पसल हटाउन नसकिएको बताउनु भएको थियो । क्षेत्रीले ३ महिनाभित्र सो बक्यौता रकम असुल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सार्वजनिक लेखा समितिको आदेश र विमानस्थल सेवा शुल्क विनियमावलीको कानुनी प्रक्रियामा रहेर ३ महिनाभित्र कार्यालयले बक्यौता नतिर्ने कम्पनीको उडानमा रोक लगाउने जनाएको छ ।
विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था विमानस्थलले गरेको छ ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवान शुल्क तिर्नु पर्दैन । ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरिवाना लाग्ने गरेकोछ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवान तिर्नुपर्न नियमावलीमा व्यवस्था छ । ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्ने नियमावलीमा व्यवस्था रहेको छ । विमानस्थलले
विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन गरेको पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाह गरेको संस्थाले लिएको विमानस्थलभित्रको शँल्कको लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्