ए मेरो हजुर–३ मा खुलिन् सुहाना



अभिनेतृ झरना थापाद्वारा निर्देशित दोस्रो फिल्म ए मेरो हजुर–३ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा अनमोल र डेब्यु नायिका तथा निर्माता सुनीलकुमार थापा र अभिनेतृ झरना थापा दम्पती पुत्री सुहाना थापाको केमेस्ट्रीलाई प्रस्तुत गरिएको छ। हिमाली भेगको मनोरम दृश्यसँगै अमेरिकामा छायांकन गरिएको जिन्दगी नै भन्दिनँ बोलको गीतमा यी दुईको प्रेमभाव देखाइएको छ। गीतमा सुहाना खुलेकी छिन्।

गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर छ भने आशिष अविरलको संगीत रहेको छ। शब्द रचना एक नारायण भण्डारीको रहेको छ। आगामी चैत २९ गते अल नेपाल रिलिज डेट तोकिएको फिल्म सुनीलकुमार थापाले निर्माण गरेका हुन्। फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायतका कलाकार मुख्य भँमिकामा छन्।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ। कविराज गहतराज, रामजी लामिछाने, प्रवीण सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्म दीर्घ खड्काले सम्पादन गरेका छन्। टिजर सार्वजनिक गरेको केही समयपछि निर्माण समँहले गीत सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्