आतंकी आक्रमणले खेल जगत स्तब्ध



लन्डन, (एजेन्सी)
न्युजिल्यान्डको क्राइस्टचर्चको अल नूर मस्जिदमा भएको गोलीबारीको दौरान बंगलादेस क्रिकेट टोली त्यही थियो। तर कसैको हताहत नभएको पुष्टि भएको छ। बंगलादेस टोली ढोकाबाट मस्जिदमा प्रवेश गर्न लाग्न अगाडि नै यो घटना भएको थियो। यो आतंकी हमलाको सबैबाट निन्दा गरिएको छ भने खेल जगतमा पनि स्तब्ध बनेको छ।

यो निन्दनीय घटनापछि बंगलादेस र न्युजिल्यान्डबीचको तेस्रो टेस्ट रद्द गरियो भने बंगलादेस घर फर्कने तरखरमा रहेको न्युजिल्यान्ड क्रिकेटले जनायो। यो गोलीबारीबाट करिब ४० व्यक्ति मारिएका जनाएको छ। तर यस्तो घटना यो पहिलो अवसर भने होइन। केही यस्ता घटना थियो जसले खेल जगतलाई हाहाकार मच्चाएको थियो। जुन यस प्रकारका छन्।

श्रीलंका क्रिकेट टोलीमाथि हमला

सन् २००९ मा लाहोरमा श्रीलंका क्रिकेट टोली चढेको बसमा गोलीबारी भएको थियो। लाहोरको गद्दाफी रंगशाला जाँदै गर्दा बाटोमै १२ आतंकवादीले बसमा हमला गरेको थियो। कप्तान माहेला जयवद्र्धने, कुमार सांगकारासमेत ६ खेलाडीलाई चोट परेको थियो।

आक्रमणकारीले बसमा रकेट समेत प्रहार गरेको थियो। पाकिस्तानी सुरक्षा बलले जसोतसो श्रीलंका टोलीलाई बचाएर स्टेडियम भित्र लगेर सुरक्षित गरेका थिए। यो घटनासँगै श्रीलंका सरकारले पाकिस्तान यात्रा रद्द गरेर टोलीलाई स्वदेश फर्कन आग्रह गरेको थियो। यसपछि पाकिस्तानमा कुनै पनि टोलीले खेल्न साहस गरेको छैन।

म्युनिख ओलम्पिकमा गोली

सन् १९७२ को म्युनिख ओलम्पिकमा ८ प्यालेस्टिनी आतंकवादीले हमला गरेको थियो। आक्रमणमा २ इजरायली खेलाडीको मृत्यु भएको थियो र ९ खेलाडीलाई नियन्त्रणमा लिएको थियो भने २ खेलाडी भाग्न सफल भएका थिए। पछि यी बन्दी भएका ९ खेलाडीलाई मारि दिएको थियो। ४ सेप्टेम्बरमा इजरायलका सबै खेलाडी आ–आफ्ना कोठामा गएका थिए। बेहानको ४ बजे आतंकीहरूले ओलम्पिक भिलेजको ६ फुट भित्ता फोडेर इजरायली खेलाडीमाथि आक्रमण गरेका थिए।

२६/११ आक्रमण

इंग्ल्यान्ड क्रिकेट टोली भारत यात्रामा थियो। त्यतिबेला ताज होटलमा आतंकी आक्रमण भएको थियो। सोही होटलमा इंग्लिस टोली दुई साता पहिला बसेका थिए। उनीहरू त्यतिबेला बालबाल बचिएका थिए। यो घटनापछि बाँकी दुई खेल नखेल्दै टोली इंग्लयान्ड फर्केका थिए।

१९८७ न्युजिल्यान्डको श्रीलंका यात्रा

१९८७ मा न्युजिल्यान्डको क्रिकेट टोली श्रीलंकाको यात्रामा थियो। ३ टेस्ट खेल्नु पर्ने थियो तर पहिलो खेलपछि नै न्युजिल्यान्ड टोली घर फर्केको थियो। त्यतिबेला अलगाववादिहरूले कोलम्बोका टोली बसेको छेउमै एक बम बिस्फोट गरेका थिए। यो आक्रमणपछि १ सय १३ नागरिक मारिएका थिए।

न्युजिल्यान्डको पाकिस्तान यात्रा

सन् २००२ मा न्युजिल्यान्ड क्रिकेट टोलीले पाकिस्तान यात्रा गरेको थियो। सोही समयमा टोली बसेको होटलबाहिर एक बम विस्फोट हुँदा १२ जना मारिएका थिए। यसपछि न्युजिल्यान्ड क्रिकेट बोर्डले टोलीलाई स्वदेस बोलाएको थियो।

अफ्रिकन नेसन कपमा गोलीबारी

सन् २०१० मा टोगोको राष्ट्रिय फुटबल टोली अफ्रिकन नेसन कप फुटबल प्रतियोगिताको लागि केबिन्दाको अंगोलन प्रान्त भएर बसमा यात्रा गरिरहेको थियो। सोही दौरान अलगाववादीले गोलीबारीको आक्रमण गरियो। जसमा टोलीका सहायक प्रबन्धक र संचारकर्मी मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्