माया प्रेमले गर्नु गर्यो



सरकारले विप्लबसँग एकतर्फी ‘ब्रेकअप’ गरेर चर्चा बटुल्या छ । ‘लभै नपरी ब्रेकअप भयो भन्दै ठूलो कुरा गर्ने’ भन्दै विप्लव समुह विद्रोहमा उत्रिया छ । त्यसैको विरोधमा विप्लव समुहले विहीवार बन्द आवहन ग¥यो । यो बन्दबाट प्रष्ट थाहा भयो– कुकरसँग सो समुहको माया प्रेम अझै उस्तै गाढा रै’छ ।

अर्थात् ऊ बेलाको द्धन्द्धकालको झैं । सो बेला सिकेको कला र सीपको झल्को प्रष्ट झल्किने गरी विप्लव समुहले फेरी मुलुकमा कुकर आतंक शुरु ग¥या छ । सडक र सार्वजनिक स्थलमा कुकरसँगको माया प्रेम प्रर्दशन गर्नेलाई सरकारले आतंककारी भन्या छ । यो राजनीति भन्या पनि अचम्मैको हुँदो रै’छ एउटै प्रशिक्षणबाट आएकाहरु कोही आतंकवादी हुने कोही चाहिँ फलना आतंकवादी हुन् भन्ने ।

सरकार र नेताकै भाषामा भन्नुपर्दा ठूलाबडा बाहेक अन्य सबै जनता हुन् । सरकारको बिप्लपसँग एकतर्फी ब्रेकअप र विप्लवको कुकरसँगको गहिरो लभले जनता सोझै मारमा प¥या छन्, त्रसित बन्या छन् । जनतालाई कुकर आतंकले त्रसित बनाएको छ, निधक्क हिडडुल गर्ने अनि सकुसल गन्तव्यमा पुगिने हो या होइन भन्ने टुङ्गो छैन ।

विप्लवलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्नेलाई पनि कार्वाही गर्ने सरकारको उर्दी छ, त्यसो भएसी त कुकर किनबेच गर्नेहरु पनि रेड लिस्टमा पर्ने निधो छ । अब यस्तो भएसी जनताले घर अनि चुलो कसरी चलाउने ? धरहराले देश दुई ढुंगा वीचको तरुल भन्ने सुन्या हो तर जनता पो दुई ढुंगा वीचको तरुल बन्नु पर्ने अवस्था आयो ।

प्रतिक्रिया दिनुहोस्