सेञ्चुरी बैंकको नयाँ शाखा अछाममा



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले अछामको मेल्लेख गाउंँपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदँरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री श्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गर्नुभएकोे छ ।

उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रतिनिधि तथा स्थानीय व्यवसायीको उपस्थिती थियो ।

शाखा कार्यालयहरुको उद्घाटनपश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्