प्रहरीलाई घूस दिन खोज्ने २ जना पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।
मध्यपुर ठिमी नगारपालिकास्थित सानोठिमीका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीलाई घुस दिनखोज्ने २ जना पक्राउ परेका छन् ।
गत २६ गते ठिमीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बा२ख७२७१ नम्बरको मिनी ट्रिपरका चालक र २९ गते काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेको ना५ख७५८६ नम्बरको ट्रकचालकले प्रहरीलाई प्रलोभनमा पार्न घुस दिन खोजेपछि पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मिनी टिपर चालक सिन्धुपाल्चोक चौतारा नगरपालिकाका २८ वर्षीय मन्दिर माझी र धनुषा ढल्केबर नगरपालिकाका २५ वर्षीय प्रेम बिक रहेको प्रहरीले जनाएको छ ।

माझीले रुट परमिटको कागजात भित्र लुकाई १ हजार १५० र बिकले ब्लुबुकको कागजात भित्र लुकाई १ सय रुपैयाँ दिन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्