साउदीमा थुप्रै महिला अभियन्ता विरुद्ध मुद्धा



रियाद,(एजेन्सी)
साउदी अरेवियामा थुप्रै मानव अधिकारवादी महिला अभियन्ता विरुद्ध मुद्धा चलाइएको छ । साउदीमा मानव अधिकारको अवस्थावारे प्रश्न उठाएको काण सरकारले सो कदम चलाइएको स्थानिय संचार माध्यमले बुधवार जनाएको छ ।

यस कारवाहस्मा पर्नेमा साउदी महिलाहरुलाई सवारी साधन चलाउने अधिकार दिलाउन अथक अभियान चलाउने महत्वुपुर्ण व्यक्तित्व लोउजेन अल हाथलोलु पनि रहेकी छिन् । उनलाई गत मे महिनामा प्रहरीले हिरासतमा लिएको थियो ।
सरकार विरोधी तत्वहरुलाई समर्थन गरेको अभियोग लगाइएका तिनीहरुलाई लामो कारावास संजाय हुन सक्ने बताइएको छ । ति महिलाहरुको रिहाइका लागि विशवभरिबाट साउदी माथि दवाव परिरहेको छ ।

गत साता संयुक्त राष्ट्र संघको मानव अधिकार परषिदका ३० वटा भन्दा बढि सदस्य राष्ट्रले तिनीहरुलाई हिरासतमा लिएको कारण साउदी अरेवियाको कडा आलोचना गरेका थिए । गत वर्षको अक्टोवरमा टर्कीको राजधानी इस्तानवुल स्थित साउदी नियोगमा पत्रकार जमाल खसोगीको हत्या भएयता साउदी अरेवियामा मानव अधिकारको विशलेषण तिव्र हुन थालेको थियो ।

बुधवार राजधानी रियाद स्थित आपराधिक अदालतमा दस जना महिलालाई पेश गरिन ेअनुमान गरिएको थियो । हाथलोलुल लगायत उनका सहकर्मि मानवअधिकारवादी अभियन्ता अजिजा अल युसेफ , एमान अल – नाफजान र हातुन अल फासी पनि कारवाहिमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्