चन्द्रमामा पानीको अणु



नासा (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उसको लुनार रिकान्ससेन्स अर्बिटर (एलआरओ)ले चन्द्रमाको दिन हुने सतह वरपर चक्कर लगाइरहेका पानीका अणु पत्ता लगाएको जनाएको छ । यसले चन्द्रमामा पानीको पहुँचका बारेमा थाहा पाउन मद्दत पाउन सक्छ जसलाई भविष्यको चन्द्र अभियानमा मानवद्वारा प्रयोग गर्ने सकिने छ ।

उक्त जानकारी जर्नल जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित भएको हो । यसअघि चन्दमा सुख्खा भएको र पानी भएपनि रात भइरहने अर्को हिस्साको धु्रव नजिक खाल्डोमा हिँउका रुपमा मात्र हुन सक्ने वैज्ञानिकहरुले अनुमान गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्