किमसँग फेरी भेट्न ट्रम्प तयार



वासिङटन (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ उनसँग तेस्रो शिखर वार्ताका लागि तयार रहेको अमेरिकी सुरक्षा सल्लाहकार प्रमुख जोन बोल्टनले बताएका छन् ।

एबीसी टेलिभिजन च्यानलसँगको साक्षात्कारमा बोल्टनले भने– उनले तेस्रो शिखर बैठकका लागि तयार भएको बताएको छ । यद्यपी अहिले नै केही तय भने भएको छैन ।

बोल्टनले अन्तरवार्तामा राष्ट्रपति ट्रम्पलाई परमाणु निसस्त्रिकरणको उत्तर कोरियामाथि राम्रो प्रभाव पर्छ भन्ने लागेकोले यसका लागि उनी पुन वार्ताका लागि तयार रहेको बताए । यसका लागि उनले किम जोङ उनलाई मनाउने प्रयास गरिरहेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको नयाँ स्याटलाइट तस्विरले उत्तर कोरिया पुन परमाणु वा क्षेप्यास्त्र परिक्षणको तयारीमा लागेको अनुमानलाई बढाएको छ । तर उक्त तयारी उत्तर कोरियाको भुउपग्रह प्रक्षपणको तयारी भएको एक सुत्रले जनाएको छ ।

यस विषयमा सोधिएको एक प्रश्नको जवाफमा बोल्टनले भने– म यस विषमा केही भन्न चाहन्न । हामी उत्तर कोरियामा यो धेरै देखेका छौं । हामी निरन्तर हेरिरहने छौ । उत्तर कोरियामा हरेक बेला पर्याप्त गतिविधिहरु हुने गर्छ तर स्याटलाइटको तस्वीरका विषयमा म कुनै अनुमान लगाउने पक्षमा छुइन ।

शुक्रबार सार्वजनिक गरिएको तस्वीरमा प्योङयाङ बारिह उक्त केन्द्र नजिकै वाहन, क्रेन र रेल देखिएका थिए । उक्त स्थानमा उत्तर कोरियाले पहिलो आफनो केही अन्तरमहाद्विपिय ब्यालेस्टिक क्षेप्यास्त्र स्थापना गरेको थियो ।

उक्त तस्वीरलाई लिएर विशेषज्ञहरुले उत्तर कोरियाले एक बर्षपछि आफनो पहिलो क्षेप्यास्त्र प्रक्षेपणको तयारी गरेको बताएका छन् । उत्तर कोरियाको तर्फबाट अब अर्को परीक्षण भएमा ट्रम्प निरासन हुने बोल्टनले बताए ।

बोल्टनले भने– राष्ट्रपतिले पटक पटक परमाणु परीक्षण नगर्नु र ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण नगर्नु एक सकारात्मक संकेट हुने उनलाई लागेको दोहोर्याउँदै आएका छन् ।

गत महिना भियतनाममा ट्रम्प र किमबीच भएको दास्रो शिखर वार्ता बिन कुनै सम्झौता अचानक समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्