कहाँको छुट हो ?



‘नो हर्न’ अर्थात् हर्न बजाउन निषेध गरिएका साङ्केतिक बोर्ड अस्पताल आसपाससँगैका सडक किनारामा देख्न÷हेर्न सकिन्छ । त्यस्तै अस्पतालका विभिन्न कक्ष अनि विरामी वार्डमा मोवाइल बजाउन निधेष भन्ने प्रकृतिका साङ्केतिक चिन्ह्र पनि बाक्लै देखिन्छ ।

सो अपिल के कति कार्यान्वयन भएको छ भन्ने मूल्यांकन धरहराले भन्दा पनि पाठकवृन्दले गरेको राम्रो । अस्पतालका विभिन्न कक्ष संवेदनशिल हुन्छन्, यसमा दुईमत छैन । त्यसैले विरामी राखिएका आइसीयु लगायतका विशेष कक्षमा विरामीका आफन्त छिर्नु प¥यो भने जुत्ता चप्पल सोझै आउट हुन्छ भने गाउन अनिवार्य गरिएको हुन्छ ।

मोवाइलको धुन केही गरी फुत्कियो र विरामीका आफन्तको बोलीको भोल्यूम अलिकति बढेस त डाक्टर र नर्सले सिँधै खाउला झै गर्छन् बा । अनि सेतो गाउनधारीहरु उस्तै वचनका साथ नैतिक शिक्षा अद्योपान्त पढाउँछन्, लाग्छ कि नैतिक शिक्षा उनलाई मात्रै थाहा छ । विचरा गल्ती गर्ने विरामीका आफन्त पनि गल्ती रियलाइज गर्दै कोठाबाट फर्किन्छन् ।

धरहराले बुझ्न नसक्या कुरो, त्यहि नियम विरामी र विरामीका आफन्तले पालना गर्नै पर्ने तर सेतो गाउनधारीहरुले आपसमा चर्को स्वरमा जे जे गफ लडाए नी हुने ? यति मात्रै हो र, आइसीयु र अन्य संवेदनशिल कक्षमा निधक्क फेसबुक चलाउने र आफूखुशी गीत बजाउने छुट उनलाई कहाँबाट प्राप्त भयो, बुझ्नै गाह्रो छ भन्या ।

प्रतिक्रिया दिनुहोस्