नबिल बैंकको लाभांश पारित



काठमाडौं, (नेस)
नबिल बैंकको ३४औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयरधनीलाई नगद लाभांश २२ प्रतिशत र बोनस शेयर १२ प्रतिशत दिने सञ्चालक समिति प्रस्ताव पारित गरेको छ ।

बैंकले आव २०७४÷७५ मा ३ अर्ब ९८ करोड नाफा गरेको छ । बैंकले जेथामा प्रतिफल २१ द्यशमलव २२ प्रतिशत र प्रतिशेयर आम्दानी ५० दशमलव २५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पु¥याएको छ । बैंकको सञ्चालन नाफा ५ अर्ब ६५ करोड रहेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको सञ्चालन मुनाफा र खुद मुनाफामा क्रमश ७ दशमलव ५२ र ७ दशमलव ५५ ले वृद्धि भएको छ । वाणिज्य बैंकहरुमध्ये आव २०७३÷७४ मा सबैभन्दा बढी कर राजस्वमा योगदान पु¥याए वापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ । बैंकको नेटवर्थ २० अर्ब ५९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपश्चात बैंकको पुँजी यस वर्ष ९ अर्ब १ करोड नाघेको छ ।

साधारण सभामा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड््यालले भन्नुभयो–‘नबिल बैंकले नेपालको बैंकिङ Ôेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवम् औद्योगिक गतिविधिलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसर सिर्जना गर्न सहयोगीको भँमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्