नेपाल इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर केएमसीमा



काठमाडौं, (नेस)
नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटीएम खोलेको छ ।

काउन्टर र एटीएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्राडा दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

केएमसीमा जन्मने नवजात शिशुको खाता खोलिएमा निःशुल्क ५ सय रुपियाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्यँनतम औसत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नेछ । मासिक लगभग ३० हजार बिरामीको उपचार हुने केएमसीमा मेडिकल साइन्सका विभिन्न संकायमा हजारभन्दा बढी विद्यार्थी अध्यायनरत छन् भने हजारकै हाराहरीमा डाक्टर तथा कर्मचारी कार्यरत छन् ।

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा पीओएस मेसिन बाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्