चेल्सीले हार टार्यो



लन्डन, (एजेन्सी)
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा इडेन हाजार्डले गोल गरेपछि चेल्सीले हार टारेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वुल्भसले निर्र्धािरत ९० मिनेटसम्म चेल्सीविरुद्ध १–० को अग्रता लिए पनि इन्जुरी समयमा गोल गर्दै १–१ को बराबरीमा खेल टुङ्ग्याउन सफल भए ।

खेलको ५६औं मिनेटमा जिमीनेजको गोलबाट उल्भसले खेलमा अग्रता बनाएको थियो । तर खेलको इन्ज्युरी समयमा गोल बेहोरेपछि दुवै टोलीले समान एक–एक अंक बांडेका छन् ।

लिभरपुलको जित
इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुलले जितको नतिजा निकालेको छ । आइतबार भएको खेलमा बर्नलेमाथि ३–१ गोलको सानदार जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा रहेका म्यानचेस्टर सिटीसँगको अंक दूरी झार्न सफल भयो । जितसंगै लिभरपुलको ७३ अंक भएको छ ।

आइतबारको खेलमा बर्नलेले खेलको छैटौं मिनेटमा नै गोल गरे पनि उक्त अग्रता जोगाउन सकेन । छैटौं मिनेटमा वेस्ले वेस्टवुडले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा रोबर्टो फर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । साडियो मानेले २९ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ ले अघि पारेका थिए ।

पहिलो हाफमो २–१ को अग्रता बनाएको लिभरपुलका तर्फबाट ६७ औं मिनेटमा फर्मिनोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्