भाषाशास्त्रीको पुण्य तिथिमा विराटनगरमा श्रद्धान्जली सभा



सरोज यादव, विराटनगर ।
नेपाली भाषाका मुर्धन्य बिद्धान साहित्यकार तथा भाषाशास्त्री स्वर्गिय बालकृष्ण पोखरेलको १३ औं पुण्य तिथिमा विराटनगरमा श्रद्धान्जली सभा गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा भएको श्रद्धान्जली सभामा प्रदेश एक प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङ,सामाजिक विकास मन्त्री जीवन घिमिरे,विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली सहित साहित्यकार, कवि, विद्धान र सर्वसाधारण सहभागि भएका छन ।

कार्यक्रममा भाषाशास्त्री स्वर्गिय पोखरेलको साहित्यिक र भाषिक योगदानको चर्चा गरिएको थियो । सो अवसरमा कवि शिवनारायण पण्डित सिंगलले मृत्यु एक कविता हो शिर्षकको शोक कविता वाचन गर्नुभयो ।

यसैगरि कवियत्री सरिता तुलाधरले शोक मुक्तक वाचन गर्नुभयो । कार्यक्रमका सहभागिले भाषाशास्त्री पोखरेलको तस्वीरमा अबिर र माल्यार्पण गर्नुका साथै मौन धारणगर्दै श्रद्धान्जली अर्पण गरेका थिए । नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता समेत रहेका साहित्यकार बालकृष्ण पोखरेलको यहि फागुन १२ गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।

बृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पु¥याउन भएका पोखरेलका सयौँ कृतिमध्ये ‘खस जातिको इतिहास’, ‘पाँच सय वर्ष’, र ‘नेपाली–अङ्ग्रेजी–नेपालीशब्दकोश’ निरन्तर स्मरण भइरहने कृतिहरु हुन ।

कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश, काव्य लगायत नेपाली बाङ्मयका विविध विधामा उहाँका एक सय भन्दा बढी कृति प्रकाशित छन ।

उनले २०२१ सालमा नेपाली भाषा र साहित्य नामक ग्रन्थकालागि गद्य विधामा मदन पुरस्कार प्राप्त गरेका छन । यसबाहेक उन प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार उदयानन्द पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट सम्मानित भएका थिए । विक्रम सम्बत १९९० साल साउन ३० गते मकवानपुरको चिसापानीमा उनको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्