मिसन पुरा भएसी..



हप्ता दशदिनयता ग्यासवाला साहुजीहरु चानेचुने थिएनन्, मिसन पुरा गर्न फोन अफ गर्ने, आमने समाने भेटियो भने पनि बोल्न पैसै पर्छ भनेझै गर्थे भन्या ।

उनको हाउभाउ देख्दा लाग्थ्यो निकै सन्की मुखियाबाको मुड चेन्ज भएर बल्ल दुःखीका घरमा चुल्यो बल्या जस्तो । तर मंगलबार रातीदेखि साहुजीहरु चेन्ज भा’छन् । निकै नम्र बोली बचनमा उत्रिन थाल्या छन् । ‘दाई÷ दिदी ग्यास लिन आउनुस है, ग्यास आएको छ’ भन्दै विहान सबेरैदेखि फोन गर्छन बा ।

टोलवस्तीका ग्यास साहुजीका पनि खास साहुजीको उता वार्ता मिलेछ अनि यता उनको व्यवहार आकाश पातल फरक भा रै’छ ।ग्राहक भाड्नु हुन्न भन्ने उनको बुद्धि विहान सबेरै पलाएको देख्दा धरहरालाई निकै दया लागेर आयो । यससँगै धरहरालाई निकै अचम्म पनि लाग्या छ, हिजो साँझसम्म पसलमा नभएको ग्यास रातारात टोलवस्तीका साहुकहाँ कसरी आइपुग्यो ?

उता वार्ता मिलेपछि रातारात फोनबाटै सप्लाई भा हो कि, बुझ्न निकै गाह्रो छ ।यो चमत्कार देखेसी धरहरालाई उखान फु¥या छ,–‘मिसन पुरा भएसी मोवाइल अन गर्ने ।’ अनि ग्यास आन्दोलनको हौवा फिजाएर छोटो समयमै करोडौ कमाउनेहरलाई के भनौ र खै ?

प्रतिक्रिया दिनुहोस्