किम स्वदेश फिर्ता



प्योंगयांग (एजेन्सी)
उत्तर कोरियाका नेता किम जोंग उन भियतनामको आफनो पहिलो आधिकारिक यात्रा अन्त्य गर्दै प्योंगयांग फर्केका छन् । राजधानी हनाईमा अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पसँग आफनो दोस्रो शिखर वार्तापछि उनी प्योंगयांग फर्केका हुन् ।

किम आफनो बख्तरबन्द ट्र्ेनबाट मंगलबार अपरान्ह प्योंगयांग स्टेसन पुगेको कोरियन सेन्ट्र्ल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ । फेब्रअरी २७ र २८ मा किम र ट्र्म्पबीचको बैठकका बारेमा समाचारमा उल्लेख नगरिएको भएपनि सम्झौता बिहिन बनेको उक्त वार्ता सकारात्मक रहेको कोरियाली सन्चार माध्यमले यसअघि जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्