प्रसादको अनुसन्धान गर



जब–जब महाशिवरात्री नजिकिन्छ, तब–तब सहरमा एउटा रेडिमेड तर्क सुनिन्छ–‘शिवरात्रीका अवसरमा पशुपति परिसरमा गाँजा, भाङ, धतुरो मुक्त गरिएको छ ।’ यस्ता वस्तुको कारोबार गर्ने र सेवन गर्नेलाई कानून बमोजिम कार्वाही हुने व्यहोरा पनि सार्वजनिक हुन्छ । तर पशुपति परिसर पुग्ने जो कोही महादेवको प्रसाद चाख्न मरिहत्ते गर्छन् ।

उताबाट बाक्लै संख्यामा भित्रिने बाबाजीहरु गाँजालाई प्रसादका रुपमा ग्रहण गर्ने अनि उनै बाबाजीका अल्पकालिन भक्तहरु बाबा पच्छ्याउँदै पशुपतिका डाँडा पाखामा दौडिने भएसी सुरक्षा निकायपनि चियो चर्चो बढाउँछ । तर त्यो चियो चर्चोले ‘त रोए जसो गर, म कुटे जसो गर्छु’ भन्ने उही पुरानो नेपाली उखान झलझली सम्झाउँछ भन्या ।

अनि धरहराले बुझ्न नसक्या कुरो, शिवरात्री अघिपछि चाहिँ पशुपति र अन्य धार्मिकस्थलमा निधक्कसँग महादेवको प्रसाद ग्रहण गर्न मिल्ने हो कि ? हैन भने किन शिवरात्रीका अवसरमा प्रसाद ग्रहणलाई प्रतिबन्ध लगाइएको होला, हरेक वर्ष किन यस्ता वस्तु प्रयोगमा ज्यादै कडाई गरिएको छ भन्ने सूचना दोहो¥याउनु प¥या होला ? गाँजा र अन्य प्रतिबन्धित भनिएका वस्तु शिवको प्रसाद हो या प्रचारमुखी अस्त्र अनुसन्धान गरिनुपर्छ, अनुसन्धानले दूधको दूध पानीको पानी छुट्याउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्