प्रभु बैंकले बोनस दिने



काठमाडौं, (नेस) । प्रभु बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा सम्पन्न १७औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदनसहित गत आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका अनुसँची पारित गरेको छ ।

बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आवको एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव पारित गर्दै बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । साधारणसभाले संस्थापक समँहतर्पm कायम रहेको ६१ दशमलव ३१ प्रतिशत र सर्वसाधारण समँहतर्पm कायम रहेको ३८ दशमलव ६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समँहतर्पm ५५ प्रतिशत र सर्वसाधारण समँहतर्पm ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्ता पुँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

अन्य बैंक तथा वित्तीय संस्था एक्विजिसन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मँल्याकंन गर्न मँल्याकंनकर्ता नियुक्ति गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिसन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडि बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

साधारणसभाले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरे बमोजिम अब प्रभु बैंकको जारी तथा चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपियाँ पुगेको छ । १० वटा एक्स्टेन्सन काउन्टर कार्यालय, १३२ वटा एटीएम मेसिन तथा १६५ शाखा कार्यालयसहित देशभर पैmलिएको ठँलो बैंकिङ सञ्जालको माध्यमबाट १२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्