सिद्धार्थ बैंकको भिसा कार्डमा नगद फिर्ता



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले आफ्नो भिसा कार्डबाहक ग्राहकलाई लक्ष्य गरी नगद फिर्ता योजना ल्याएको छ । यस योजनाअन्तर्गत पहिलोपटक पाँच सय रुपियाँ वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्द ग्रााहकले सय रुपियाँ नगद क्यास ब्याक पाउने छन् ।

त्यस्तै पहिलोपटक सय रुपियाँ वा सोभन्दा बढी रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकले २ सय ५० रुपियाँ क्यास ब्याक पाउने छन्

यस सिद्धार्थ बैंकले हालसम्म देशभर रहेका १ सय ३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङतथा १ सय ५० वटा एटीएममार्फत ६ लाख २२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्