कृष्ण म्याराथनका विजेता



काठमाडौँ, (नेस)
नेपाल आर्मीका कृष्ण बस्नेतले प्रधान सेनापति चौथो खुल्ला म्याराथन प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् ।

शनिबार भएको दौड बस्नेतले २ घण्टा २० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै पहिलो भएका हुन् । उनले आर्मीकै धावक पूर्ण तामाङले बनाएको २ घन्टा २२ मिनेट १९ सेकेन्डको कीर्तिमान समेत तोडेर नयाँ कीर्तिमान रचे । उनले पल्सर मोटरसाईकल र १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

४२.१९५ किलोमिटर दूरी २ घण्टा २८ मिनेटमा पुरा गदै आर्मीका राजन खत्रीले दोश्रो स्थान हात पारेका थिए । त्यस्तै आर्मीकै नवराज साउदले तेश्रो हुन २ घण्टा २९ मिनेट ५९ सेकेन्ड समय खर्च गरेका थिए । दोस्रो र तेस्रो हुनेले क्रमशः ६५हजार ३५ हजार नगद प्राप्त गरे ।

यसैगरि पुरुष हाफ म्याराथनको उपाधि आर्मीका कल्याणा बाँनियाले जिते । उनले १ घण्टा ६ मिनेट ३१ सेकेण्ड समय लगाएका थिए । आर्मीकै गजेन्द्र राई दोस्रो र टिका कटुवाल तेस्रो भए । महिला २१ किमी हाफ म्याराथनको उपाधिआर्मीकी विश्वरुपा बुढाले जितिन् । बुढाले १ घण्टा १७ मिनेट २० सेकेन्टमा उक्त दूरी पार गदै पहिलो भएकी हुन् ।

एपीएफकी बिन्द्रा देशार दोस्रो र आर्मीकी चन्द्रा रावल तेस्रो स्थानमा रहेका थिए । पुरुष तथा महिलातर्फका बिजेताले क्र्रमशः ५० हजार,३५ हजार र २५ हजार नगद प्राप्त गरे । सोहीअवसरमा आर्मीका तीन पुर्व अन्तर्रा्ष्ट्रिय खेलाडीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भन्डारी, पारा एथलिटका विक्रमबहादुर राना र सुटिङका टिकाराम श्रेष्ठ सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्