हेलिकोप्टर दुर्घटनाः शव पहिचान नभएकाको डीएनए परीक्षण



नेपाल समाचारपत्र, काठमाडौं ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको सबैको शव पहिचान हुन सकेको छैन ।
मृत्यु भएकाहरु मध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै शव पहिचान भएको छ ।

अन्य ५ जनाको शव पहिचान नहुँदा डीएनए परीक्षण गर्नुपर्ने प्रहरीले जनाएको छ ।

घटनामा मृत्यु भएका मध्ये यती एयरलाईन्सका मालिक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्