बुहारी पुननिर्वाचित



अवुजा,(एजेन्सी)
नाइजेरियाली राष्ट्रपति मुहमादु बुहारी दोश्रो कार्यकालका लागि पुन निर्वाचित भएको चुनाव आयोगले बुधवार जनाएको छ । छयत्तर वर्षिय बुहारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी तथा पुर्व उप राष्ट्रपति आतिकु अवुवाकरलाई झण्डै चालिस लाख मतान्तरले पराजित गर्न सफल भएको हो ।

तर अवुवाकरको पिपुल्स डेमोक्रेटिक पार्टीले यो चुनाव नतिजा अस्विकार गरेको छ । नाइजेरियाको चुनाको इतिहासमै अहिले सम्मकै सबैभन्दा न्युन अर्थात ३५ दशमलव ६ प्रतिशत मत मात्र खसेको सरकारी संचार माध्यमले जनाएको छ । तर कुनै पनि स्वतन्त्र पर्यवेक्षकले धाँधली भएको बताएका ेछैन ।

प्रतिक्रिया दिनुहोस्