नयाँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा



काठमाडौं(नेस)
सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवन बीमा नामकनयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले सो योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गर्नुभयो ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पु¥याउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्