जरो उखेल्ने कहिले ?



विप्लव समुह फेरी आक्रामक बन्दै गोला बारुद पड्काउन थाल्या छ । शान्ति सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी पाएका गृहमन्त्री बादल भन्छन्–‘विप्लवलाई विगतमा उन्मुक्ति दिदा अहिले विस्फोटका घटना भएका छन् ।’

राज्य विरोधी, संविधान विरोधी र सत्ता उल्ट्¥याउने तत्व सक्रिय हुँदा हिंसात्मक गतिविधी बढेको उनको तर्क छ । बादलको तर्क सुन्दा धरहरा निकै अलमलमा प¥या छ । के ठिक, के बेठिक, को आतंककारी, को कानूनको पालक छुट्याउन निकै हमहम प¥या छ । खैं, ऊ बेला कम्रेड बादल लगायत धेरै कम्रेडहरले यस्तै गतिविधी गर्दा त्यो बेलाका मन्त्री, प्रधानमन्त्री पनि अहिले मन्त्री बादलकै जस्तै तर्क गर्थे ।

बरु कम्रेड बादल, ऊ बेलाको क्रान्तिको जरोले धेरैतिर जरा गाड्या रैछ, राम्रोसँग उखेलिएनछ भन्या भए अलि सुहाउथ्यो कि ? विप्लव ग्याङले केही दिन अघि ३ दर्जन भन्दा बढी जिल्लामा आगलागी र विस्फोट गराएर आफ्नो पार्टी चिनाएको छ । विस्फोटकै कारण ललितपुरमा एकले अकालमा ज्यान गुमाए । विस्फोटमा सर्वसाधारणलाई निशाना नबनाइएको र एक नागरिकले ज्यान गुमाउनु परेकोमा आफूहरुलाई ‘दुःख लागेको’ सो पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वोलीले बताएको सुन्दा धेरैलाई उनको तर्क चित्त बुझ्या छैन ।

आफ्ना समुहका कार्यकर्ता पक्राऊ पर्दा बन्द, हड्ताल र सरकार विरुद्ध अनेक जुहारी खोज्जे कम्रेडहरले जनतालाई सर्वसाधारण र आफू अनि आफ्ना कार्यकर्तालाई विशेष ठान्नु कति जायज हो, धरहराले बुझ्न सक्या छैन ।

प्रतिक्रिया दिनुहोस्