सोनाक्षीविरुद्व ठगी मुद्दा



बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध ठगीको मुद्दा परेको छ।

गत सेप्टेम्बरमा दिल्लीमा आयोजित इन्डिया फेसन एन्ड ब्युटी अवार्ड कार्यक्रमका लागि सोनाक्षीले एडभान्स लिएर कार्यक्रममा नपुगेको भन्दै उनीमाथि मुद्दा हालिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कार्यक्रमका आयोजक प्रमोद शर्माले सोनाक्षीसहित ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, माल्विका पञ्जाबी, धुमिल
ठक्कर र एडगर सकारियामाथि मुद्दा हालेका हुन्।

प्रमोदका अनुसार उनले सोनाक्षी र उनको निजी सचिवको सहमतिमा ३२ लाख रुपियाँ सोनाक्षीको खातामा ट्रान्सफर गरिदिएका थिए। तर अन्तिम समयमा आएर सोनाक्षीले कार्यक्रममा आउन नसक्ने बताएपछि उनी प्रहरीको सहायता लिन बाध्य भएका हुन्।

प्रतिक्रिया दिनुहोस्