मन्त्रालयले थाल्यो छानविन, एक्सपर्ट कन्सल्टेन्सीले ढाँट्यो



ईश्वरराज ढकाल, काठमाडौं
अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ ।

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले विद्यार्थी सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएपछि अवैध रुपमा संचालन भएका कन्सल्टेन्सीको विषयमा समेत छानविन शुरु गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठ अर्यालले घटनामा मुछिएका र अन्य कन्सल्टेन्सीको विषयमा समेत अनुसन्धान हुने जानकारी दिदँै भन्नुभयो–हामीले एआइविटीमा विद्यार्थी पठाउने सबै कन्सल्टेन्सीको कागजात मागेर छानविन गर्नेछौ, यदी दोषी देखिएमा कारबाही गर्नेछौ ।
ठगीको आरोप लागेका अधिकांस कन्सल्टेन्सीले अष्ट्रेलियामा शाखा कार्यालय खोलेका छन् । उनीहरुले विदेशमा कुन माध्यमबाट लगानी गरी शाखा कार्यालय संचालन गरेका छन् भन्ने विषयमा समेत छानविन गर्ने भएको छ ।

समितिले आज आइतबार विदेशमा विद्यार्थी पु¥याउने संस्था इक्यान, आइरिन, फेकन र नायरका अध्यक्षसंग छलफल गर्ने भएको छ । लगत्तै ठगी गरेका भनिएका कन्सल्टेन्सीका संचालकसंग समेत छलफल गर्ने भएको छ ।
मन्त्रालयले विवादित कन्सल्टेन्सीका संचालकलाई इआइबिटीमा नर्सिङ पढाउन कति पठाएका सबै विद्यार्थीको तथ्याङक माग गरेको छन् ।

चार विभिन्न संस्थामा आबद्ध गरेका कन्सल्टेन्सीबाट पिडित विद्यार्थी अष्ट्रेलियाएआइबिटीमा पुगेका हुन । ७ सय ४३ जना विद्यार्थीको बिचल्ली भएपछि सो कलेजमा पठाएका अधिकांस कन्सल्टेन्सीका संचालक अष्ट्रेलिया पुगेका छन् । सयौ विद्यार्थी समस्यामा परेपछि अष्ट्रेलियामा रहेका नेपाली कन्सल्टेन्सीले विभिन्न कलेजमा पु¥याउन चलखेल गरिरहेका छन् ।

विश्वविद्यालय र कलेजले बढी कमिशन दिने भएपनि उनीहरुले मर्कामा परेका विद्यार्थीसंग म यो कलेजमा पठाइदिन्छु भन्दै वार्गेनिङ गर्न थालेका छ ।
एक जना पनि विद्यार्थी नपाठाएको दाबी गदै विज्ञप्ति जारी गरेको एक्सपोर्ट कन्सल्टेन्सीले आफुले केही विद्यार्थी पठाएको जनाएको छ । आफुलाई स्वतन्त्र व्यक्ती भन्ने एक्सपर्टले विद्यार्थी पठाएको जानकारी गराउने चिरञ्जिवी तिवारीले आफुले वास्तविक पिडित चाडैनै तथ्याङक सार्वजनिक गर्ने बताउनुभएको छ ।

उहाले एक्सपोर्टले १५ जना विद्यार्थी मात्र पठाएको दाबी गर्नुभएको छ । उहाले सबै भन्दा बढी मर्सि कन्सल्टेन्सीले विद्यार्थी पठाएको दाबी गरेका छन् । आफुले दुई तीन दिनभित्र तथ्याङक दिने बताउदै अष्ट्रेलियाबाट नेपाल समाचारपत्रसंग भन्न्ुभयो–समस्या परेका विद्यार्थीको विषयमा छलफल गरिरहेका छौ । तर तथ्याङक अनुसार सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सी मध्य एक्सपर्ट अघिल्लो पंतीमा छ ।

अष्ट्रेलियन सरकारले नर्सिङ कोर्षको सम्बन्धन नदिएको सो कलेजमा बढी कमिशन आउने लोभमा तीन दर्जन भन्दा बढी कन्सल्टेन्सीले विद्यार्थी पठाएका छन् । अन्ततः पढाई सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले सबै विद्यार्थीको समस्या समाधान हुने जानकारी गराउनु भयो । उहाले अष्ट्रेलियामा अध्ययन गर्ने सबै विद्यार्थीको ट्युसन प्रोटेक्सन सर्भिस (टिपिएस) हुने भएकोले विद्यार्थीको रकम नडुब्ने र क्रेडिट ट्रान्फरको पहल गरिने आश्वासन कलेजले दिइसकेको जानकारी दिनुभयो ।

सबै विद्यार्थीले अर्को कलेजमा बढाइदिने विषयमा अष्ट्रेलियन दुतावाससंग छलफल भैरहेको उहाले जानकारी दिनुभयो । मैले एआइबिटीका निर्देशक फिओनासंग छलफल गर्दा आफुहरु सम्बन्धनको माग गर्दै अपिलमा जाने बताएको जानकारी गराउदै अध्यक्ष पाण्डेले भन्नुभयो–अष्ट्रेलियामा रहेका केही विद्यार्थीले गर्दा समस्या आएको बताउनुभयो । तर पिडित विद्यार्थीको रकम फिर्ता ,क्रेडिट ट्रान्सफर गर्ने विषयमा पहल गर्न सकेको छैन । इक्यानले समस्या परेपछि भन्ने गरेको छ–केही समस्या छैन, हामी समाधान गरिदिन्छौ ।

उता एआइबिटीमा विद्यार्थी पठ्न पठाएको कंगारुका प्रमुख महेशवावु तिमल्सिनाले समस्यामा परेका विद्यार्थीको विषयमा आफुहरु गम्भीर भएको र चाडै समस्या समाधान गर्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो–हामीले अष्ट्रेलियामा रहेको हाम्रो शाखा कार्यालयमार्फत आफुले पठाएका विद्यार्थीलाई बोलाएर गम्भीर छलफल गरेका छौ, उनीहरुमाथी कुनै पनि समस्या भए हामीले समाधान गर्ने स्पष्ट पारेका छौ । उहाँले एआइबिटीले चाडैनै सम्बन्धन पाउने आशमा केही विद्यार्थी पठाएको बताउनुभयो ।

हामीले विद्यार्थीको रकम फस्न दिदैनौ, चाडैनै समस्या समाधान गरिदिन्छौ–उहाले भन्नुभयो । काठमाडौं इन्फोसिसका निर्देशक राजेन्द्र रिजालले आफ्नो कन्सल्टेन्सीबाट एआइबिटीमा ५ जना विद्यार्थीलाई नर्सिङ अध्ययन गर्न पठाएको जानकारी दिनुभयो । उहाँले आफ्नै पहलमा सबै जनालाई अर्को कलेजमा स्थानान्तरण गर्न प्रकृया अघि बढाएको जानकारी दिनुभयो । समस्यामा परेका सबै विद्यार्थी र उनीहरुका अभिभावक सम्पर्कमा आइसकेका र सबैलाई कन्सल्टेन्सीबाटै व्यवस्थापन गरेका छौ–रिजालले भन्नुभयो । सबै विद्यार्थीको व्यक्तिगत प्रोफाइल पठाएको उहाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्