महिन्द्रा उदय शुरू, ६ वटा नयाँ सवारीसाधन अनावरण



नेपाल समाचारपत्र, काठमाडौं
भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को शुरूआत गरेको छ।नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणाले उक्त प्रदर्शनीको उद्घाटन गर्नुभएको हो।

कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको विभिन्न ३० भन्दा बढी मोडलका उत्पादनलाई उक्त प्रदर्शनीमा राखेको छ। शुक्रबार महिन्द्राले ६ वटा नयाँ गाडीको पनि नेपाली बजारमा अनावरण गरेको छ। महिन्द्राको बहुप्रतिक्षित एसयुभी एक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा मन्द्रिाको हेवी कमर्सियल भेहिकल फ्युरियो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५ को पनि सार्वजनिक गरेको छ।

महिन्द्राका उत्पादन नेपाली बजारमा करिब २७ वर्ष अगाडिदेखि बिक्री वितरण हुँदै आइरहेको छ। महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरूपमा यो लाइफस्टाइल एन्ड अटो शो आयोजना गर्न लागेको हो।

आकर्षक डिजाइन, उत्कृष्ट पफर्मेन्स र विशेषताका एसयुभी निर्माणका लागि चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राख्ने छ। एसयूभी, इलेक्ट्रिक सवारी, दुईपांग्रे सवारी, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्सियल प्रयोगमा आउने सवारीसाधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा देख्न सकिने छ।

यो प्रदर्शनीमा अटो शोका साथै विभिन्न कलाकार को लाइभ पर्फर्मेन्सको आनन्द लिनुका साथै विभिन्न स्वादका खानाको पनि मज्जा लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्