टिनाको योगदानमा क्यामरुन फाइनलमा



यमलाल भुसाल, बुटवल

आयोजक लाली रूपन्देही ११ लाई २–० गोलअन्तरले हराएर समूह ‘क’ बाट दाफिन्स फूटवल क्लब क्यामरुन बुटवलमा जारी २१औं तिलोत्तमा गोल्ड कपको फाइनलमा पुगेको छ।

क्यामरुनका डिडर टिनाको दुई गोलको योगदानले टिमलाई फाइनलमा पु¥याएको हो। पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको क्यामरुन रूपन्देहीको बुटवलमा सञ्चालित तिलोत्तमा गोल्डकप उचाल्न निकट पुगेको छ। बुटवल देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलको शुरूआती समयमै आयोजकका बुसेरीले डिबक्स भित्र ≈यान्ड गरेका थिए।

दोस्रो मिनेटमा प्राप्त पेनाल्टी सदुपयोय गर्ने क्रममा टिनाको प्रहार गोलमा परिणत भएको थियो। खेलको शुरूआती समयदेखि नै अग्रता कायम गरेको क्यामरुनले रूपन्देहीको आक्रामक खेलका कारण पहिलो हाफमा भने थप गोल गर्न सकेन। खेलमा दोस्रो हाफको २४औं मिनेटमा विपक्षी टिमको डिबक्सभित्र रूपन्देहीका खेलाडी निरज बस्नेतलाई आक्रमण गरेपछि क्यामरुनका यानिकलाई रेफ्रीले सिधै रेड कार्ड दिएर मैदान छाड्न निर्देशन दिएका थिए।

१० खेलाडीमा सीमित बनेको क्यामरुनका अगाडि रूपन्देहीले पाएको अवसरलाई समेत गुमाउनुपरेको थियो। घरेलु दर्शकको राम्रो समर्थन प्राप्त गरेको आयोजक टिमले गोल गर्न नसकेपछि समर्थकहरू निराश भएका थिए। दोस्रो हाफको ४०औं मिनेटमा टिनाले पुनः अर्को गोल गरेपछि घरेलु दर्शक थप निराश हुँदै रंगशालाबाट बाहिरिएका थिए शनिबार हुने सेमिफाइनल खेल समूह ‘ख’ बाट दार्जिलिङ युनाइटेड भारतलाई पाखा लगाएको नेपाल पुलिस क्लब र मनाङ् मस्र्याङ्दीलाई पाखा लगाएको च्यासल युथ क्लबबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्