ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तरकुमार ओलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनाहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ‘ख’ बाट तत्कालीन नेकपा ९एमाले० का तर्फबाट उहाँ विजयी हुनुभएको थियो। केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उहाँको पार्थिव शरीरमा पार्टीका नेताहरूले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्